महावीर पुनलाई साथ दिन माइतीघर पुगे राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई साथ दिन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता माइतीघर मण्डलामा पुगेका छन्। गत शुक्रबारदेखि विभिन्न माग राखेर सुरु गरेका पुनको आन्दोलनमा ऐक्यबद्धता जनाउन अध्यक्ष लिङ्देन आइतबार माइतीघर पुगेका छन्।

पुनको आन्दोलनलाई विभिन्न पेसा व्यवसायमा संलग्नदेखि राजनीतिज्ञहरूले पनि साथ दिइरहेका छन्। कुल बजेटको १ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले दिनरात धर्ना दिइरहेका छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.