नेपाललाई चीनले थप १० लाख डोज सिनोभ्याक खोप अनुदान दिने घोषणा

काठमाडौं । नेपाललाई चीनले थप १० लाख डोज सिनोभ्याक खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । कोभिडविरुद्धको खोप नेपाललाई थप आवश्यक भएपछि अनुदान दिन लागेको चिनियाँ दूतावासले जनाएको छ ।

दूतावासका प्रवक्ता लुआन सिउतानले नेपाललाई थप खोप अनुदान दिन लागेको बताएका छन् । दुबै देशका सम्बन्धित निकायहरु सम्पर्कमा रहेर खोप चाँडै ल्याउने तयारी भइरहेको दूतावासले जनाएको छ ।

चीनले यसअघि नेपाललाई २८ लाख डोज भेरोसेल खोप दिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.