संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ - सरकारले आगामी वैशाख २४ गते संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ गते संसदको दुबै अधिवेशन (बजेट) अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि संसदको हिउँदे अधिवेशन वैशाख १५ देखि समाप्त भएको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमदेखि लिएर बजेट प्रस्तुत र पारितसम्मका गतिविधिहरु हुनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.