सिम्रिक एयर दुर्घटनाका घाइतेलाई काठमाडौँ ल्याइँदै

काठमाडौँ - संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । क्याप्टेन सुरेन्द्र पौडेल र भविन गुरुङ घाइते भएका हुन् । उनीहरुलाई सोलुखुम्बुबाट आएको सिम्रिक एयर र नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै छ।

माथिल्लो अरुण हाइड्रो पावरको सामान गोला भन्ने स्थानबाट सिप्रुङमा लैजाँदै गर्दा हेलिकप्टर भोटखोला गाउँपालिका–४ स्थित सिप्रुङमा दुर्घटना भएको छ । स्थानीयहरुका अनुसार हेलिकप्टरमा सवार छिरिङ भोटे सकुसल छन् । पंखा पहाडमा टोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.