तिलौराकोट लगियो शिशु बुद्ध

बुटवल - लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ ।  मायादेवीले बोधिसत्त्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकको रूपमा शिशु बुद्ध लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको हाे।

सिद्धार्थ गौतमलाई बुद्वपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गसहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतिकका रूपमा आज लुम्बिनीबाट बोधिसत्त्व सिद्धार्थलाई तिलौराकोट दरबार लगिएको लुम्बिनी विकास कोषले जनाएको  छ। लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यलाई शिशु बुद्ध (बोधिसत्त्व सिद्धार्थ)को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाइएको हो । 

बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्धलाई गृहनगर तिलौराकोट फर्कँदाको क्षणलाई स्मरण गरी बोधिसत्त्व बुद्धको मूर्तिको शोभा यात्रा गरिएको कोषका सदस्य सचिव सानु राजा शाक्यले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.