प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ - प्रतिनिधिसभाको अर्को बैठक भोलि (सोमबार) बिहान ११ बजेका लागि तय गरिएको छ । आजको बैठकमा कानुन, न्याय संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेश गरेका छन् । 

यस्तै अर्थमन्त्री डा.प्रकाश शरण महतले आ.व. २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.