इमरजेन्सी राहदानी जिल्लाबाटै लिने व्यवस्था गर्न संसदमा माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य मानबहादुर गुरुङले देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सबै जिल्ला प्रशासनबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका हुन् । राहदानी लिन जनताले निकै सास्ती व्यहोर्नु परेको भन्दै उनले  सातै प्रदेश सदरमुकामबाट ई–पासपोर्ट मेसिन पनि राख्न माग गरे । 
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.