काठमाडौं । बालुवाटारमा बसेको नेपाली कांग्रेस पदाधिकारीको बैठक भाँडिएको छ । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रीको नाम टुंगो लगाउन बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तीन जना मन्त्री माग गरेपछि प्रधानमन्त्री तथा सभापति देउवासँग चर्का चर्की शुरु भएको थियो ।
दुई पक्षबीच चर्का चर्की भएपछि बैठक भाँडिएको हो । प्रधानमन्त्री देउवाले पौडेल पक्षलाई दुई मन्त्री दिन सक्ने प्रस्ताव गरेका थिए । तर पौडेल पक्षले तीन मन्त्री नभई नहुने अडान राखेपछि चर्का चर्की शुरु भएको थियो ।
बैठकमा पार्टी विषयमा समेत विवाद भएको थियो । कांग्रेसको पार्टी कार्यालयमा भइरहेको अनसन वारे प्रधानमन्त्रीलाई संस्थापनइतर पक्षले ध्यानाकर्षण गरेका थिए ।
कार्यकर्ताप्रति संस्थापन पक्ष गैरजिम्मेवार बनेको भन्दै पौडेल पक्षले चेतावनी दिएका छन् । सदस्यताको विषयमा समेत पौडेल पक्ष र देउवा पक्षबिच चर्का चर्की भएको नेता अर्जुन नरसिंह केसीले क्विक नेपाललाई बताए ।