श्रम अधिकार सुनिश्चित गर्न माइतीघर मण्डलामा पत्रकारको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । सधैभरि अरुको समाचार लेख्ने पत्रकारहरु आफै आफ्नो समाचारको मूल्य खोज्दै माइतीघर मण्डलामा जम्मा भएर प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघको संयोजनमामा श्रम अधिकारको माग गर्दै बृहत् ऐक्यवद्धता कार्यक्रम आयोजना भएको हो ।

सो कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले पारश्रमिक नपाएको जानकारी गर्दै श्रम अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ ।

नागरिक दैनिक, इमेज च्यानल, माउण्टेन टेलिभिजन, अन्नपूर्ण पोष्ट, एभिन्युज टिभी, रेडियो सगरमाथालगायतका संचार गृहमा पत्रकारहरुको पारश्रमिक लामो समयदेखि रोकिएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.