१० बुदेँ कार्यन्वयन नभएको दावी गर्दै एमाले नेता जोशी नेकपा एसमा प्रवेश

काठमाडौं । नेकपा एमालेले जेठ २ मा फर्किने गरि १० बुदेँ कार्यनवयन गर्ने भनिएता पनि पूर्ण रुपमा कार्यन्वयन नगरेको भन्दै नेकपा (एमाले) केन्द्रीय सदस्य भानुभक्त जोशी माधव कुमार नेपाल को पार्टी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

समाजवादीको अहिले स्थायी कमिटी जारी छ । स्थायी कमिटी बैठकमा जोशी पार्टी प्रवेश गरेका हुन् । नेकपा एमालेले १० बुदेँ कार्यन्वयन गर्ने भनेर पछि हामीलाई झुक्यायो त्यहिँ भएर म समाजवादीमै फर्किए, जोशीले भनेका छन् ।

तत्कालिन नेकपामा विवाद हुदाँ जोशी माधव क्याम्पमा रहेका थिए । १० बुदेँ कार्यन्वयन गर्दै एमाले जेठ २ मा फर्किने भएपछि उनी एमालेमा लागेका थिए । उनले ज्ञु बुदेँमा असन्तुष्टि देखाउँदै राजिनामा दिएर एकीकृत समाजवादी प्रवेश गरेका हुन् । जोशीलाई समाजवादीमा स्थायी मटिी सदस्य बनाउने बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.