काठमाडौं । देशरभर नेपाली कांग्रेसको जिल्ला अधिवशेनको परिणाम आउने क्रम जारी छ । अहिलेसम्म आएका परिणाम मध्ये संस्थापनइतर समुह बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अग्रता लिएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ११ जिल्लाको परिणाम अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूह अगाडि देखिएको हो ।
पौडेल पक्षले ६ ठाउँमा आफ्नो कब्जा जमाएको छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष पौडेल पक्षलाई पछ्याउँदै ५ ठाउँमा निर्वाचित भएका छन् ।
हिमाली जिल्लाहरुबाट आएको परिणाम अनुसार मुस्ताङ, कालिकोट, रुकुम पूर्व, गोरखा, संखुवासभा र दोलखामा पौडेल पक्ष निर्वाचित भएका हुन् ।
यस्तै संस्थापन पक्ष भने मनाङ, हुम्ला, मुगु, ताप्लेजुङ र रामेछापमा विजयी भएका छन् ।