नेपाल भारत सशस्त्रबीच दिल्लीमा बैठक, लिपुलेक वारे नेपाली सेना मौन

दिल्ली । नेपाल र भारत सरकारको सैनीक संगठनबीच विहीवार बैठक सम्पन्न भएको छ । दुई देशको सैनीकबीच भएको बैठकले १२ बुदेँ सम्झौतामा हस्ताक्षर गरेको छ । नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच सम्पन्न बैठकमा सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनका विषयमा चासो सहित सहमति जुटेको बताइएको छ ।

सीमा सुरक्षाको विषयमा सहमतिसहित १२ बुदेँ सम्झौता पत्रमा हस्ताक्षर गर्दा पनि दार्चुला जिल्लाको सीमा वारे कुनै प्रसंग भने उठाइएको छैन । पछिललो समय नेपाल भारतबीच लिपुलेक–कालापानी क्षको सीमा विवाद चलिरहेको छ ।

सीमाकै विषयमा सहमति गरेको दुई देशको सशस्त्र बलले सोही क्षेत्र वारे कुनै चासो नै दिएक छैनन् । नेपाल सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालका अनुसार फिल्डमा खटिने टोलीदेखि माथिल्लो तहसम्मका अधिकारीहरूबिच नियमित समन्वय राख्‍ने सहमति भएको छ ।

नेपालबाट महानिरीक्षक खनाल र भारतको तर्फबाट एसएसबी प्रमुख महानिर्देशक कुमार राजेश चन्द्रबीच १२ बुदेँ सम्झौता पत्रमा भएको हो ।

सीमा क्षेत्रमा सुरक्षा समाधान, आपसी सहकार्य, आपराधिक गतिवधि नियन्त्रण, अवैध क्रियाकलापको सूचना प्रवाहलगायतको विषयमा दुई सशस्त्र बलबीच समन्वय गर्ने १२ बुदेँ सम्झौतामा उल्लेख गरिएको छ ।

नेपालमा आतंकवादी गतिविधि गर्ने व्यक्तिहरु नेपालको बाटो हुँदै भारत प्रवेश गर्न सक्नेतर्फ एसएसबीले नेपाललाई ध्यानाकर्षण गराएको थियो । यस्तै विभिन्न तेस्रो मुलुकबाट भारत हुँदै नेपाल पसेर शरणार्थी वा अवैध रुपमा बस्ने नेपालले भारतलाई ध्यानाबर्षण गराइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.