कपिलवस्तुमा फैलियो झाडापखाला, दुई जनाको ज्यान गयो

रुपन्देही । कपिलवस्तुमा दिनप्रतिदिन झाडापखाला महामारीको रुपमा फैलिएको छ । ६ दिनअघिदेखि शुरु भएको झाडापखला अझै नियन्त्रणनमा ल्याउन सकेको छैन । झाडापखलाले दिनानु दिन विरामीहरुको संख्या बढिरहेको छ ।

कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाका विरामीहरुको दिसाको नमुनामा हैजाको जीवाणु भेटिएको स्वास्थ्य विज्ञको टोलीले जनाएका छन् । भिब्रियो कलेरा नामक व्याक्टेरिया फेलापरेको कपिलवस्तु स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्थानीयले प्रयोग गर्ने खानेपानीमा समेत कोलिफर्म व्याक्टेरिया फेलापरेको थियो । खानेपानी संस्थानले वितरण गरेको पानी र चापाकलको पानी परीक्षण गर्दा कोलिफर्म व्याक्टेरिया फेलापरेको हो ।

विरामीहरुको दिसाको रिपोर्टमा भिब्रियो कलेरा नामक व्याक्टेरियासमेत देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । कृष्णनगर नगरपालिकाका वडा नं. ७, ८ र ९ का विभिन्न गाउँमा सोमबार सांझदेखि फैलिएको झाडापखालबाट हालसम्म करिब पाँचसय जना बिरामी भएका छन् ।

ती मध्ये सिकिस्त अवस्थाका ३४ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले अहिलेसम्म ५ सय जना बिरामी, दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.