प्रचण्डलाई गोकुल बास्कोटाले दिए चूनौती, विनोद चौधरीलाई ४ अर्ब फाइदा गराउन प्रचण्डको कसरत (भिडियो)

काठमाडौं । नेकपा एमालेका नेता एंव पूर्वुसंचारमन्त्री गोकुल बास्कोटाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आरोप लगाएका छन् । उद्योगपति तथा नेपाली कांग्रेसका समानुपातिक सांसद विनोद चौधरीसँग मिलेर कमिशन खान एउटा काम गरिदिन आफुलाई प्रचण्डले अनुरोध गरेको आरोप नेता बाँस्कोटाले लगाएका हुन् ।

बास्कोटाले विनोद चौधरीलाई ४ अर्ब फाइदा हुने काम नगरिदिएबापत प्रचण्ड आफूविरुद्ध योजनावद्ध तरिकाले लागेको बताए । एमाले काभ्रे–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले प्रचण्डलाई सो आरोप लगाएका हुन् ।

प्रचण्ड मेरो पछि धेरै लाग्नु भयो । प्रधानमन्त्रीसँगै राखेर काम गराउने कोशिस पनि गरे । तर टसमस भइन्न । मलाई प्रचण्डको सबै योजना थाहा थियो, नेता बाँस्कोटाले भने । नेपाल टेलिकम डुब्ने गरि चौधरीको निजि टेलिकमलाई लाइसेन्स दिने कुरा सह्य हुँदैन, बास्कोटाले भनेका छन् ।

बास्कोटाले आफुविरुद्ध लागेको प्रचण्डले हिम्मत भए कारवाही गरेर आफूलाई जेलमा हाल्न चुनौति समेत दिए । आफुले काभ्रेको लागि गरेको विकास निर्माण वारे जिल्लावासी सबै सचेत रहेकोले कुनै नेताले केही भन्दैमा आफुलाई असर नपर्ने बास्कोटाले बताए ।

'प्रचण्डले भुक्दै हिड्नु पर्दैन, मैले भन्देको छु । तिमीहरुको कम्पर्टेबल सरकार छ, कम्फर्टेबल अदालत छ । सक्छौ भने छानविन गर, कारवाही गरेर जेल हाल । अस्ति मेरो नाम लिँदै पुष्पकमलले हामीलाई हेप्ने ? भनेछन् । हेप्ने नै हो, प्रचण्डलाई झारपातले त हेप्छन्, गोकुल बास्कोटा त एमालेको नेता हो । हेप्ने नै हो र हराइदिने हो । अब खुकुरी,बन्दुक, ग्रिनेडको धाक नदिए हुन्छ,' नेता बास्कोटाले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.