ओलीलाई राजनीतिबाट फाल्ने प्रचण्डको चेतावनी

रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर फाल्ने चेतावनी दिएका छन् ।

आफ्नो पार्टी र संसदलाई धोका दिएको भन्दै प्रचण्डले आफुले चाहे ओलीलाई राजनीतिबाटै बाहिर फाल्ने चेतावनी दिएका हुन् । उनले पार्टी एकतालाई धोका दिँदा बालुवाटारबाट बालकोट पुर्याएको भन्दै आफुले चाहे राजनीनितबाट बाहिर पठाउने सक्ने चेतावनी दिएका हुन् ।

पश्चिमनवलपरासीको सभालाई सम्बोधन गर्दै प्रचण्ड ओलीमाथी खनिए । मधेशको समस्या समाधानका लागि माओवादी पार्टी र आफु निरन्तर लागिरहेको उनले बताए ।

नागरिकता, सुकुम्बासी र भूमिहीन समस्या मधेशमा रहेको र त्यसलाई गठबन्धन सरकारले तत्काल समाधान गर्न पहल खोजिरहेको पनि प्रचण्डले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.