बुटवलमा कर्फ्यु : चार बजेदेखि बाहिर निस्किन नपाइने

रुपन्देही । बुटवलमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा उत्पन्न स्थिति नियन्त्रणका लागि प्रशासनले आजै (आइतबार)बाट कार्यान्वयन हुने गरी कर्फ्यु लगाएको हो । 

आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका सो कर्फ्यु लगाइएको बताइएको छ । पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.