मासु किन्दै हुनुहुन्छ ? यी कुरमा ध्यान दिनुहोस् !

काठमाडौं । सधैँ झै यो वर्ष पनि चाडबाडको समय शुरु भएको छ । अन्य समयमाभन्दा यो समयमा मासुको खपतबढि हुने गर्छ । बजार अनुसार मासुको मुल्य फरक फकर हुन्छ । सोही बमोजिमले गुणस्तर पनि फरक–फकर हुने गर्दछ ।

बजारमा खसीको मासुको खरिदविक्रीको कार्य तिव्र गतिमा भइरहेको छ । नेपालका विभिन्न ठाउँहरुमा खसिको मासु विक्रीवितरण भइरहेको खसि ब्यावसायी संघले जनाएको छ । केहि दिन अगाडि खाद्य तथा ब्यापार कम्पनिले दाङबाट २२९ र हेटौँडाबाट ३०२ गरि जम्मा ५३१ खसिबोका काठमाडौँ भित्र्याएको छ ।

काठमाडौँको चाबहिल स्थित मासु ब्यापार गर्दै आएका रमेश थारुका अनुसार अघिल्लो वर्षको तुलनामा मासुको खपत यसबर्ष कम छ । अहिले काठमाडौँमा जिउदोँ खसिको मासुको मुल्य ५५० देखि ७५० सम्म छ । व्यवसायीले भने बजारको मुल्य भन्दा १० रुपैँया सस्तो गरेर विक्री गर्ने गरिन्छ ।

मासुपसल बाट मासु खरिद गर्दा ग्राहकले अनिवार्यरुपमा मुल्यसुची हेनुपर्दछ । यसो गर्दा मासु ब्यापारीले बजारमा चलेको दरले विक्रीवितरण गरेनगरेको थाहा पाउँन सकिन्छ । मासु ब्यावसायी संघ काठमाडौँले यस बर्षका लागि मासुको मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ मासु ब्यावसायीका अनुसार आन्द्राभुँडि मिसिएको मासुको रेट एक हजार , आन्द्राभुँडि नमिसिएको मासु एक हजार २दुई सय र ग्राहक स्वयमले छानेको मासुको दर एक हजार तीन सय कायम गरिएको छ ।

बजारमा मासु खरिद गर्दा ग्राहकले बासीमासु हो या होइन चिनेर मात्र मासुको खरिद गनुपर्दछ । यदि ब्यापारीले बासि वा विग्रिएको मासु बेचेको भेटेमा तुरुन्त प्रहरीलाई खबर गर्नुपर्दछ ।

फ्रिजमा राखेको मासु हो या होइन पहिचान गरेर मात्र मासुको खरिद गर्नुउपयुक्त हुन्छ । बजारमा कतिपय ब्यापारीले पैसाका लागि कालो बजारी गरिरहेको हुन्छन । यसमा स्वास्थ्यलाई ध्यानमा राखि ग्राहक नै सचेत हुनुपर्ने देखिन्छ ।

मासुको प्रयोग गर्दा स्वास्थ्यलाई ध्यानमा राख्ननुपर्ने स्वास्थ्यमर्मिहरुले बताउँदै आईरहेका छन । मासुको प्रयोग बढाएसँगै पानिको मात्रा पनि बढाउनुपर्दछ ।धेरै बोसो भएको मासु र लामो समयसम्म रहेको मासुको प्रयोग कम गर्नुपर्दछ ।

ग्राहकले प्राय मासु किन्दा सिसाको कभर गरेर सुरक्षित मासुको खरिदमा ध्यान केन्द्रित गर्नुपर्दछ । यसो नगरी खुल्ला राखेको मासुमा झिँगाले फोहोर गरेको हुनाले गर्दा स्वास्थ्यमा प्रतिकुल असर पुग्ने र झाडापखाला समेत लाग्ने भएकाले सफा र ताजा मासुको मात्र प्रयोग गर्नुपर्दछ ।

बासि मासुको प्रयोग गर्दा स्वास्थ्यलाई प्रत्यक्ष असर पर्दछ । बासी मासुको प्रयोगले खाना अपच हुने र विरामीसमेत हुनसक्ने भएकाले सकेसम्म होसियार हुनुपर्दछ ।
दशैँको बेलामा दैनिक रुपमा मासुको मात्र प्रयोग नगरी सागसब्जीमा पनि ध्यान दिनुपर्दछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.