काटमाडौं । आज विजया दशमीको दशौं दिन देशभर रातो टीका र पहेँलो जमरा लगाएर हर्षोल्लासका साथ विजया दशमी मनाउने चलन छ । घटस्थापनाका दिन राखिएको जमरा आज दुर्गादेवीको प्रसादको रुपमा लगाउने गरिन्छ । विहान १० बजेर २ मिनेटमा शुभ साहित भनिएता पनि आज दिन भर र पुर्णिमाको दिनसम्म टिका लगाउने प्रचलन छ ।
असत्यमाथि सत्य र आसुरीक शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रुपमा विजया दशमी मनाउने चलन रहेको छ ।
आजका दिन परिवारका ठूला सदस्यले सानालाई र आफ्ना मान्यजनकोमा गएर टीका तथा जमरा लगाइन्छ । मान्यजनकोमा टिका लगाउन जानेहरुले गर्दा उपत्याकाको सडकपेटीमा मानिसको चहलपहल बढेको छ । तस्बिरहरु:





