प्रतिष्ठानको बलमा निधिमा सभापतिको सपना

काठमाडौं । २०३६ सालमा नेपालविद्यार्थी संघको अध्यक्ष बनेका विमलेन्द्र निधिले लामो समय राजनीतिक यात्रामा सभापति देउवाको सारथी बनेर काम गरिसकेका छन्। तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालासंगको अन्तरसंघर्ष, पार्टी निर्माण र पार्टी एकीकरणपछिको गुटगत प्रतिस्पर्धामा समेत निधि देउवाको साथमा रहेर काम गर्दै आएका नेता हुन्।देउवाको नजिकको पात्र बनेर काम गरिसकेका निधिले १४औं महाधिवशेनमा सभापतिका लागि उम्मेदवारी दिएका छन्। यतिखेर निधि देउवाबाट अलग्गिएका,असन्तुष्ट र महाधिवेशनमा उक्त समूहबाट उम्मेदवार बन्ने सम्भावना कम भएका नेतालाई आफ्नो समूहमा तान्ने कसरतमा लागि परेका छन् ।

कांग्रेसभित्र प्रस्ट तिन गुट कायम छ। देउवा सुमूह, पौडेल समूह र कोइराला समूह। यिनै तिन समूहमध्ये देउवा समूहका निधि अहिले सभापतिको उम्मेदवारी घोषणा गरेर अर्को गुटगत भेलामा छन् । देउवा पक्षबाट अलग भएर नयाँ गुट निर्माणमा लागेका निधिका कारण सभापति देउवालाई महाधिवेशनमाघाटा लाग्ने संकेत देखा परेको छ। देउवा पक्षका दरिलो खम्बाका रुपमा स्थापित निधिले देउवाको साथ छोड्नुनै देउवालाई सकस पर्नु हो ।

यता निधिलाई पनि देउवाको साथ छोड्दा फाइदा भने देखिदैंन। बेला–बेलामा निधिले देउवालाई जसरी पनि फकाउने अभिव्यक्ति दिदै आएका छन् । यसबाट प्रस्ट हुन्छ कि देउवा र निधिको भित्री रहस्य कतैन कतै लुकेको हुनसक्छ । सभापतिको उम्मेदवारी दिने र महाधिवेशनमा देउवाले निधिलाई सहयोग गर्न सक्ने सम्भावना रहेको राजनीतिक विष्लेषक पुरञ्जन आचार्यको ठम्याँई छ । अर्को अर्थमा महाधिवेशनसम्म निधि सभापतिको उम्मेद्वार बन्ने तर महाधिवेशनमा देउवालाई छोड्ने तयारीमा भित्र रुपमा लागेको आशंका पनि छ ।

निधिले सभापति घोषणा गर्नुको बलियो आधार के ?
निधि प्रमुख रहेको कांग्रेसको केन्द्रीयनीति, अनुसन्धानतथा प्रशिक्षण प्रतिष्ठानमा आरजु राणासहित देउवा समूहका नेता–कार्यकर्ताको बाहुल्य छ। पछिल्लो समय निधिले प्रतिष्ठानकै बलमाआफूलाई शक्तिशाली बनाएर फरक गुट निर्माणमा लागेका छन् ।पार्टी विधानको धारा ३६ मा सभापतिले तोकेको केन्द्रीय कार्य समितिको उपसभापति प्रतिष्ठानको प्रमुख रहने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार ३ वर्षदेखि निधि प्रतिष्ठान प्रमुखको जिम्मेवारी समाहाल्दै आएका छन् । उनले सो जिम्मेवारी पाएसंगै प्रतिष्ठानमा आफूअनुकूलका नेता–कार्यकर्ता नियुक्त गरेर फरक समूह निर्माणको अभ्यास समेत गर्दै आएका छन् । निधिलाई अहिले प्रतिष्ठानको बलले पनि सभापतिमा उम्मदेवारी दिने बलियो आधार तयार बताइएको छ ।

निधिले जस्तै हिजो सिटौलाले पनि समूह निर्माण गरेकै हुन् तर अहिले सिटौला समूह बार्गेनिङ गुटमा सीमित भएको छ ।निधिले नेतृत्व गर्ने समूहले भोलि कस्तो आकार लेला भन्ने कुनै दरिलो प्रमाण छैन ।नेपाली कांग्रेसको १३ महाधिवेश नेताका फरक शैलिमा आएको कृष्णप्रसाद सिटौला पक्ष पनि अहिले एउटा गुटमा सिमित रहेको छ । सिटौला पक्षले गुटलाई खासै त्यति ठूलो आकार दिन सकेको छैन ।

निधिबाहेक प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शंशाक कोइराला लगायतले पनि सभापतिमा उम्मेद्वार बन्ने धारणा प्रस्तुत गरिरहेका छन् । यी अवस्थालाई अध्ययनगर्दा निधिसँग सभापति हुने बलियो आधार छैन । उनी प्रमुख भएको प्रतिष्ठानले उनलाई उम्मेद्वार मात्रै बनाउन सक्छ, सभापति नै बनाउन भने गाह्रो देखिन्छ । प्रधानमन्त्री देउवा पुन सभापति उठ्न चोहेको खण्डमा निधि देउवाकै गुटमा समाहित हुन सक्ने आधारहरु पनि छन् । अन्यथा देउवाकै प्रस्तावमा निधि बलियो उम्मेद्वार हुन सक्नेछन् । उप–सभापति विजयकुमार गच्छदार अहिले संस्थापनमै खुलेका कारण निधि पनि अन्तिममा संस्थापनमै रहने देउवा निकट नेताहरुले बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.