काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा केन्द्रिय कमिटीले पूर्णता पाएसँगै किचलो शुरु भएको छ । पार्टीको जिम्मेवारी र पदलाई लिएर पार्टीभित्र असन्तुष्टी बढेको हो । केन्द्रय कमिटीमा पर्नुपर्ने नेताहरु नसमेटिएको र नेताका खल्तिका मान्छेहरुलाई केन्द्रिय कमिटीमा हालेको भन्दै नेकपा एसमा किचलो शुरु भएको हो ।
एमाले अध्यक्ष केपी ओलीले विधि, पद्धति र नियम नमानेको बताउँदै संघर्षसहित पार्टी विभाजन गरेका नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले नै अहिले व्यक्तिवादी प्रवृति देखाएको केही नेताहरुको भनाई छ ।
जनवर्गीय संगठनका नेतृत्वहरुलाई पार्टीको केन्द्रीय सदस्य मनोनित गर्दा अनेरास्ववियू छुटे । बरु उनीभन्दा जुनियरलाई पार्टीको केन्द्रिय सदस्य मनोनित गरे । नेता नेपालले आफ्ना नजिककालाई छानि छानि पार्टीको केन्द्रिय सदस्य बनाएको आरोप मेटमणि चौधरी लगायतका नेताहरुले लगाएका छन् ।
केन्द्रीय कमिटी पूर्णता हुँदा पार्टीका पदाधिकारीहरुबीच चर्को विवाद शुरु भएको नेकपा एस निकट स्रोतले जानकारी दिए । ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दा विधि, पद्दति र मापदण्ड अनुसार नबनाइएकोमा असन्तुष्टी बढेको नेताहरूले भनाई छ ।