काठमाडौं । नेकपा एमालेको पहिलो ऐतिहासिक विधान महाधिवेशनले देशैभर कार्त्तिक ६ गते वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । सोही बमोजिम एमालेले आउँदो कार्त्तिकको ६ गते एकसाथ वडा अधिवेशन सम्पन्न गर्न परिपत्र जारी गरेको छ ।
देशभरका ६ हजार ७ सय ४५ वडामा एकैचोठी नयाँ नेतृत्व चयन गर्न अधिवेशन हुनेछ । वडा अधिवेशनपछि कार्त्तिक ९ गते ७ सय ५३ स्थानीय तहमा एकै पटक पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय समेत एमालेलेको विधान महाधिवेशनले गरेको थियो ।
देशभर हुन लागेको वडा अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले र्चुअल रुपमा वडा अधिवेशनको उद्घाटन तथा शुभकामना सन्देश दिने एमाले नेता शेर बहादुर तामाङले बताएका छन् । भर्चुअल माध्यममा कम्तिमा ४ सय वडाहरुलाई जोडिने बताइएको छ ।