कर्णालीमा बाहेक नेकपा एसले तोक्यो प्रदेश पदाधिकारी (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले कर्णाली प्रदेश बाहेक सबै प्रदेश कमिटीमा पदाधिकारी तोकेको छ । अध्यक्ष माधव कुमार नेपालले जारी अन्तर पार्टी निर्देशनमा सबै प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको नाम टुंगो लगाइएको छ ।

पार्टीको विभिन्न कमिटीहरुको पदाधिकारीहरुलाई चयन गर्दै नेकपा एसले केन्द्रिय कमिटीलाई पूर्णता दिएसँगै विवाद चुलिएको छ । त्यसैबीचमा प्रदेशका पदाधिकारीहरुको ट्ंगो लगाएको हो ।

चित्त नबुझोका पदाधिकारीलाई दोहोरो जिम्मेवारी दिनेगरि पदाधिकारीको टुंगो लगाइएको नेकपा एसले जनाएको छ । पार्टीमा रहेको जिम्मेवारीको आधारमा प्रदेशको पदाधिकारीको टुंगो लगाइको बताइएको छ ।

प्रदेश १
इन्चार्ज – घनेन्द्र बस्नेत
अध्यक्ष – सुरेश कार्की
उपाध्यक्ष – राजन राई
सचिव – महेश रेग्मी

प्रदेश २
इन्चार्ज – धर्मनाथ प्रसाद साह
अध्यक्ष – रामचन्द्र यादव
सचिव – लक्ष्मण पौडेल


वागमती प्रदेश
अध्यक्ष – सावित्रा भुसाल
सचिव – लक्ष्मण लम्साल
इन्चार्ज – केदार न्यौपाने

गण्डकी प्रदेश
इन्चार्ज – चुडामणी जंगली
अध्यक्ष – तुलवहादुर गुरुङ
उपाध्यक्ष – रामजी प्रसाद शर्मा
सचिव – प्रतापलाल श्रेष्ठलाई

लुम्बिनी प्रदेश
अध्यक्ष – मेटमणी चौधरी
सचिव – राजु गुरुङ
इन्चार्ज – भागवत विश्वासी

कर्णाली प्रदेश
इन्चार्ज – प्रकाश ज्वाला
सचिव – ठगेन्द्र प्रकाश पुरी

सुदूरपश्चिम प्रदेश
इन्चार्ज – गरिमा शाह
अध्यक्ष – विक्रम शाही
उपाध्यक्ष – हर्कवहादुर सिंह /शेरवहादुर कुँवर
सचिव – दिनेशन्द्र सुवेदी

प्रवास प्रदेश
इन्चार्ज – श्रीप्रसाद साह

© 2021 Quicknepal.com  |  All Rights Reserved.