नर्भिक अस्पतालमा वैद्यसँग प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मोहन वैद्यलाई भट्न नर्भिक अस्पताल पुगेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको दमको समस्या बढेपछि हिजोदेखि नर्भिक अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन ।

आफ्ना राजनीतिक गुरु माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न का साथै उनको स्वाथ्य अवस्थाको जानकारीका लागि प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् ।

प्रचण्डले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी प्राप्त गरेका छन । यसका साथ–साथै नर्भिक अस्पतालमा पुगेर त्यहाँका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग वैद्यको स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिएका छन ।


अहिले वैद्यको स्वास्थ्य अवस्थामा सुधार भईरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन । अस्पतालमा पुगेर प्रचण्डले वैद्यको सिघ्र स्वाथ्य लाभको पनि कामना गरेका छन । प्रचण्डसँगै माओवादीकेन्द्रका नेताहरु मातृकाप्रसाद यादब ,कृष्णबहादुर महरा समेत अस्पताल पुगेर स्वास्थ्य लाभको कामना ब्यक्त गरेका  हुन ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.