प्रधानमन्त्री देउवा कोप–२६ मा भाग लिन स्कटल्यान्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक विदेश भ्रमण गर्ने भएका छन् । स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी वल्र्ड लिडर समिटमा उनी सहभागी हुने मन्त्रिपरिषद्को निर्णय छ ।

आज बसेको मन्त्रीपरिषद वैठकले देउवाको नेतृत्वमा एउटा समूह नै उक्त कार्यक्रममा सहभागी हुने निर्णय गरेको हो । सम्मेलनमा सहभागी हुन प्रतिनिधिमण्डल गठन गर्ने निर्णय सरकारले गरेको हो ।

आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म ‘कोप २६ समिट’ आयोजना हुँदैछ । समिटमा अमेरिकाका राष्ट्रपति जोय बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत सहभागी हुनेछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.