निरन्तर बर्षा हुँदा कालिकोटमा एकको मृत्यु

सुर्खेत । निरन्तर बर्षाका कारण कालिकोटमा एक जनाले ज्यान गुमाएका छन् । निरन्तर बर्षाले घर भत्किएपछि एक जनाको ज्यान गएको हो ।

महावै गाउँपालिका वडा नं. ७ मा घर भँत्किदा पुरिएर स्मृति अधिकारीको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ।

उनीसँगै घरमा रहेका इनिशा अधिकारी धाइते भएकी छन् । त्यस क्षेत्रमा निरन्तर बर्षा हुँदा बासस्थानलाई स्थानीय विद्यालयमा सारिएको छ । झण्डै १७ घरलाई विद्यालय मै बस्ने व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.