काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि बन्न संगठित सदस्यता लिएको १० बर्ष पुग्नुपर्ने छ । हालै सम्पन्न विधान महाधिवेशनले १ण् बर्ष सदस्यता भएका व्यक्तिहरु मात्रै महाधिवेशन प्रतिनिधि बन्न पाउने गरि योग्यता तोकेको हो ।
त्यस्तै महिला, दलित, अल्पसंख्यक, आदिवासी जनजाति, श्रमिक र अपांगता भएको व्यत्तिलाई भने ७ बर्ष मात्रै सदस्यता भएको हुनेपर्ने व्यवस्था पनि गरिएको छ । एमालेले महाधिवेश प्रतिनिधि परिषद्को समेत व्यवस्था गरेको छ ।
महाधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित व्यक्ति अर्को महाधिवेशन नभएसम्मका लागि परिषद् सदस्य रहने व्यवस्था छ । परिषद्को बैठक एक कार्यकालमा कम्तिमा एक पटक बस्ने व्यवस्था गरिएको छ ।
विधानको धारा ६३ मा प्रतिनिधि र केन्द्रिय सदस्य उम्मेद्वारको योग्यता वारे ब्याख्या गरिएको छ ।
पुरा विधानको लागि तलको लिंक क्लिक गर्नुहोस् ।
https://drive.google.com/file/d/1R1yGYbkhXYKJhLTya9UkEkh-3xrBYzja/view