सेती नदीमा ६० जना फसे

धनगढी। अविरल वर्षासँगै सोमबार राति आएको बाढीले सेती नदीको किनारा नजिकै बस्तै आएका कारण १० परिवारका करीब ६० जना फसेका छन् ।जिल्लाको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा उनीहरु फसेका हुन्

बाढीले सेती नदीको छेउमा रहेको खेतबारी बगाउँदै अग्लो भागमा रहेको बस्तीलाई समेत कटान गरेर दुई भाग बनाएर नदी दुवैतिर बग्दा उनीहरु टापुमै अड्किएका हुन् ।।

बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बगाउँदा उद्धारमा कठिनाइ भइरहेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.