काठमाडौ । आईतवारदेखि लगातार परेको अविरल वर्षाका कारण गौरीगञ्ज गाउँपालिका–१ को होक्लाबाडी बस्ती टापुमा परिणत भएको छ ।चारैतिरबाट कनकाई नदीमा आएको बाढीले बस्तीलाई घेरेपछि गौरीगञ्ज गाउँपालिका–१ को होक्लाबाडी बस्ती टापुमा परिणत भएको हो । पालिकाका अध्यक्ष बाबुराजका अनुसार बस्तीका ८५ परिवारलाई हालसम्म उद्धार गर्न सकिएको छैन ।
नदीमा वारपार गर्ने डुङ्गा र पुल बगाएपछि उद्धारको काममा समस्या भएको उनले बताएका छन् । नदीले बिजुलीको खम्बासमेत बगाएपछि अहिले होक्लाबाडी बस्ती अन्धकारमय भएको छ । उनले सो बस्तीमा दशैंमा टिका लगाउन आएका लगभग १०० जना रहेको जानकारी दिए । उक्त क्षेत्रमा अहिलेसम्म कुनै पनि खानेकुरा पुर्याउन सकिएको छैन ।
चारैतिर कनकाइ नदीलले घेरेको र उद्धार गर्ने अवस्था नरहेको उनले बताएका छन् । अब पानी घटेकाले गर्दा भोलिसम्म उनीहरको उद्धार गर्ने अध्यक्ष श्रेष्ठले बताए । यस क्षेत्रमा बसोाबास गर्ने बस्तीमा मुख्यरुपमा सन्थाल ,ब्राहमण र क्षत्रीको मुख्य बसोबास रहेको उनले बताए ।
लगातारको बाढीका कारण सबैभन्दा बढी डुबानमा परी ज्यान गुमाउनेमा झापा गौरिगञ्जकै बासिन्दा रहेका छन । वडा नं १ कै धानगाडा, बालुवाडी बिर्खेबस्ती, रङ्गियाथान र वडा नं २ मा पर्ने भाकुमाडीका गरी करिब २०० परिवार डुबानमा परेका छन् । त्यसमध्ये ७५ परिवारको उद्धार गरेर रेडक्रसको भवन ,सामुदायिक वन, र स्कूलमा राखिएको छ ।