काठमाडौं । बागमती प्रदेशका सांसद तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेताले राजेन्द्र पाण्डेले आफूलाई मुख्यमन्त्रीको रुपमा अघि सारेकोमा धन्यवाद दिएका छन् ।
बिहीबार बसेको बागमती प्रदेश सभाको बैठकलाई संबोधन गर्ने क्रममा उनले आफूहरुले अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत नदिने बताउँदै सो बताएका छन् ।
संबोधनका क्रममा उनले अष्टलक्ष्मी शाक्य आफ्नो गुट अर्थात् गठबन्धनमा आबद्ध हुँदा डोरमणि पौडेलले गरेका कामको फेहरस्ति सुनाएको आरोप पनि लगाए ।
पुस ५ मा केपी शर्मा ओलीले संसद विघटन हुँदा पाण्डे र शाक्य एकै गुटमा थिए । तर, पछि शाक्य मुख्यमन्त्री बनेसँगै शाक्य र पाण्डे फरक धार र समयक्रमसँगै फरक पार्टीका सदस्य पनि भएका छन् । बिहीबार मात्रै एस र कांग्रेसबीच आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।