बागमती प्रदेशसभा बैठक १० गते १ बजेसम्मका लागि स्थगित

बागमती प्रदेश सभा बैठक १० गते १ बजेसम्मका लागि स्थगित भएको छ ।

बिहीबार बसेको सो बैठक कातिक १० सम्मका लागि स्थगित भएको हो ।

बिहीबारको मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा विश्वासको मत मागेकी थिइन् । केही समयअघि उनी नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेकी थिइन् ।

हाल नेकपा एमालेको साथमा ४३ सांसद रहेका छन् ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत राखेसँगै गठबन्धनमा आबद्ध दलले शाक्यलाई राजीनामा दिएर बाटो खुलाउन आग्रह गरेका थिए ।      

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.