बाढीपहिरो र डुबान अपडेट : १०१ जनाको मृत्यु, ४० जना घाइते

काठमाडौं । सोमबारदेखि देशभर परेको अविरल परेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी बिहीबारसम्म एक सय एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बाढी पहिरोमा परी प्रदेश १ मा ६०, वाग्मती प्रदेशमा १, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी कुल एक सय एक जनाको मृत्यु भएको छ । 

देश १ मा १९, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । बाढीपहिरोमा परी प्रदेश १ मा १३, प्रदेश २ मा १, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन् ।

बाढीको कारण जम्मा दुई हजार दुई सय ३२ घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने एक सय ३९ वटा पशुचौपायाको मृत्यु भएको छ ।

त्यसैगरी, एक हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन् । बेपत्ताहरुको खोजी कार्य भइरहेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.