एमालेको १०औँ महाधिवेशन चितवनमा हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । आगामी १०औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा गर्नेलगायत निर्णय गर्दै बिहीबार बसेको स्थायी कमिटी बैठक सकिएको हो । 

यसअघि असोज दोस्रो साता भएको विधान महाधिवेशनको समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशन बुटवलमा हुने बताएका थिए । 

महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ । 

बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको थियो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.