१०औं राष्ट्रिय महाधिवेशनका लागि 'बादल'को नेतृत्वमा २१ सदस्यीय समिति गठन (सूचिसहित)

काठमाडौं । विहीवार बसेको नेकपा एमाले स्थायी कमिटीको बैठकले १०औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको छ । बैठकले १०औं राष्ट्रिय महाधिवेशन व्यवस्थापनका लागि मूल आयोजक समिति गठन गरेको छ ।

स्थायी कमिटी बैठकले बागमती प्रदेशका इन्चार्ज तथा स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरेको हो । समितिमा नेता बादलसहित योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशिनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवालीलगायत सदस्य रहेका छन् ।

१०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति
संयोजक
राम बहादुर थापा बादल

सदस्यहरु
योगेश भट्टराई
सुरेन्द्र पाण्डे
विष्णु रिमाल
काशिनाथ अधिकारी
डा. राजन भट्टराई
देवी ज्ञवाली
विनोद श्रेष्ठ
सीता पौडेल
आनन्द पोखरेल
अपिल पोखरेल
बिष्णुभक्त पोखरेल
पार्वती रावल
सात वटा प्रदेशबाट एक–एक जना प्रतिनिधि
सम्पर्क समन्वय समितिबाट एक जना प्रतिनिधि

© 2021 Quicknepal.com  |  All Rights Reserved.