हजारौं शहीदको अपमान गरेर संसदीय कुर्सीको खेल चलाउने प्रचण्डसँग एकता हुँदैन : प्रभु साह

काठमाडौं । नेकपा एमालेका नेता प्रभु साहले हजारौं शहीदको अपमान गरेर खिचडी संसदीय व्यवस्थामा कुर्सीको खेल चलाएका प्रचण्डसँग कुनै हालतमा एकता हुन नसक्ने बताएका छन् । 

नेकाप एमालेको प्रथम विधान महाधिवेशनमा ८ बुँदे फरक मत राख्दै नेतृत्वप्रति असन्तुष्टि जनाएसँगै साह माओवादीमा फर्किने हल्ला चलिरहेका बेला साहले सो बताएका हुन् । 

शाहले भनेका छन्, ‘प्रचण्डकै कारण आज हजारौ योग्य नेपाली विदेश पलायन हुन बाध्य छ । आफ्नो व्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलनलाई टुक्रा टुक्रा गरी सिंगै देशलाई नै अस्थिरताको खाडलमा धकेल्ने प्रचण्डको नेतृत्वमा कोही पनि सच्चा माओवादी र क्रान्तिकारीहरू एकताबद्ध हुन सक्दैन ।’

आफू क्रान्तिकारीहरूको ध्रुवीकरणको पक्षमा रहेको भन्दै साहले प्रचण्डलाई असफल र अविश्वसनीय व्यक्तिको संज्ञा दिएका छन् । साह पछिल्लो समय एमालेमा पनि सक्रिय छैनन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.