काठमाडौं । कातिक २८ गतेदेखि १२ वर्षभन्दा माथिका किशोर-किशोरीलाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ ।
फाइजरको एक लाख डोज खोप सोमबार गाभीले नेपाल ल्याउने तयारी गरिरहेको, र सो खोप आएपछि किशोरकिशोरीलाई खोप लगाउन लागिएको हो । उक्त खोप माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने भएकाले तत्काल लगाउन लागिएको हो ।
मुलुकका २४ वटा अस्पतालबाट फाइजर खोप लगाइने भएको छ । परिवार कल्याण महाशाखाका अनुसार १२ वर्षमाथिका दीर्घ रोगका बिरामीलाई खोप दिइनेछ ।
कम्पनीका अनुसार दोस्रो डोज लगाउँदा ८४ प्रतिशत र बुस्टर डोज डोज लगाउँदा ९५.६ प्रतिशत सुरक्षित हुने परीक्षणले देखाएको छ ।