पूजा गर्ने विषयलाई लिएर झडप हुँदा घाइते भएकालाई हेलिकप्टरबाट उद्धार
घाइतेमध्ये महिलाको अवस्था गम्भीर छ ।

जाजरकोट। २० भदौ

डोल्पामा गुम्बामा पूजा गर्ने विषयमा दुई समूहबीच झडप हुँदा एक महिलासहित चारजना घाइते भएका छन् । जिल्लाको छार्काताङसोङ गाउँपालिका-४ कागकोटमा दुई समूहबीच झडप भएको हो । घाइतेमध्ये महिलाको अवस्था गम्भीर छ ।

झडपपछि भागदौडका क्रममा गाउँकार्यपालिका सदस्य पेमाछुजुङ रोकाया लडेर घाइते भएका जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

टाउकोमा चोट लागेर गम्भीर घाइते रोकायालाई फिष्टेल एयरको हेलिकप्टरबाट जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गम्भीर चोट भएकाले उनलाई काठमाडौं रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

घाइते अन्य तीनजनाको अवस्था सामान्य भएकाले अस्पतालमा उपचार भइरहेको छ । पाण्डेका अनुसार गुम्बाको पूजा एक समूहले पहिला गरेको भन्दै अर्को समुहले विवाद निकालेको थियो । विवादपछिको भागदौडमा रोकाय लडेर गम्भीर घाइते भएकी थिइन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.