सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बम विस्फोटमा परी दुई जना घाइते भएका छन् ।
वीरेन्द्रनगर नगरपालिका-७ स्थित कट्कुवा सामुदायिक वनमा शनिबार विहान भएको बम विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइते हुनेमा दैलेख गुराँस गाउँपालिका-६ की २१ वर्षीय लीला नेपाली र उनका १४ वर्षका भाइ नरेश परियार छन् ।