काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले जनता समाजवादी पार्टीमाथि गौर र टीकापुरजस्तै घटना घटाउन लागिपरेको आरोप लगाएको छ ।
जनमत पार्टीका नेता दीपक साहले आफूसँग जसपा नेपालका धनुषा अध्यक्ष पशुपति यादव र युवा नेता नवीन यादवलाई त्यसका लागि खटाइएको अडियो प्रहरीलाई बुझाएको बताउँदै सो आरोप लगाए । उनले भने, ‘सोको प्रमाणस्वरुप भिडियो प्रहरीलाई बुझाएका छौँ ।’
२०७८ कात्तिक ५ गते शुक्रबार जसपाको धनुषा बैठकमा जसपाले गौर र टीकापुर घटाउन आधिकारिक निर्णयसमेत गरेको जनमत पार्टीको आरोप छ । ‘सिके राउतको कार्यक्रममा जसपाले आफ्नो २०–२५ लठैतलाई पठाउने र प्रहरीमाथि ढुंगामुढा तथा भयावह आक्रमण गर्ने । गौर, टीकापुरजस्तै घटना घटाउने र दोष जनमत पार्टीलाई लगाउने' जनमत पार्टीको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।
दुवै पार्टी दराई केन्द्रित पार्टी हुन् ।