डडेल्धुरामा पुन: निर्वाचन हुनुपर्छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरामा पुनः निर्वाचन हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाको गृह प्रदेश पुगेका पौडेलले डडेल्धुरामा पार्टीको अधिवेशन विवादित भएको बताउँदै पुन: निर्वाचनकाे माग गरेका हुन् ।

वडा अधिवेशनका क्रममा विगतका क्रियशील सदस्यको नाम हटाएर देउवा निकट कार्यकर्ताहरुको नाम थपिएको थियो । नामवलीमा देउवा पुत्रको पनि नाम थियो ।

कार्यक्रममा पौडेलले विवादित विषय छोडेर सहमतिका साथ निर्वाचन गर्न माग गरेका छन् । 

सुदूरपश्चिम प्रदेशमा भएको अधिवेशनलाई षड्यन्त्रमूलक भएको आरोप लगाउँदै उनले पुनः निष्पक्ष अधिवेशन गर्नुपर्ने बताए । उनले भने ‘जालझेल र विवादित गतिविधिका कारण पार्टीलगायत देश र जनताको समग्र विकास हुँदैन।’ विभिन्न स्थानमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको छ ।

उनले देउवा पक्षालाई छानबिन समितिले निर्वाचन कार्यालयमा बुझाएको नामवलीमा पनि तलमाथि पारेको आरोप लगाए । 

तुरुन्त कार्यसमिति बनाएर महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको माग छ । सुदुरपश्चिम पुगेका पौडेलले सरकारसँग बाढी पहिरो प्रभावितलाई राहत माग गरेका छन् । 

अर्ली इलेक्सन सम्भव छैन : पौडेल

© 2021 Quicknepal.com  |  All Rights Reserved.