प्रधानन्यायाधीश र बारको टिमबीच भेटवार्ता जारी

काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको टोली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच भेटवार्ता जारी छ । 

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार प्रधानन्यायाधीश र बारको टोलीबीच यतिखेर सर्वोच्च अदालतमा भेटवार्ता जारी रहेको हो । 

शुक्रबार बारले गोलाप्रथाबाट पेसी सूची तोक्ने समयसीमा सहितको प्रतिबद्धता जनाउन सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम दिएको थियो । 

प्रधानन्यायाधीशमाथि सर्वोच्चमा विधि कार्यान्वयनमा ढिलासुस्ती गरेको आरोप छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.