प्रदेश १ मा बैठक स्थगित गर्न एमाले र काङ्ग्रेसकाे माग 

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले १ नम्बर प्रदेशमा प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ ।

शुक्रबार मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए ।

काङ्ग्र्सले प्रस्ताव माथिकाे छलफलमा फ्लोर क्रस गर्ने सम्भावना बढेकाले सभा स्थगित गर्न माग गरेकाे हाे । बैठक स्थगितकाे माग एमालेले पनि गरेकाे छ । 

आइतबार कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले कांग्रेसले फ्लोर क्रस नगर्ने बताएका थिए । कोइरालाले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग गरेका छन् ।   

एमालेले कात्तिक १५ पछि बैठक राख्न माग गरेको छ । प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पार्टीको कार्यक्रम रहेकाले बैठक सार्न माग गरेका छन् ।

प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्रीले शुक्रबार सदनमा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल र मत विभाजनका लागि आज साढे १२ बजे बैठक बोलाएका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.