एमाले अध्यक्ष ओलीलाई पुन: प्रधानमन्त्री बन्न बाबु मोहन ओलीको आशिर्वाद

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीका बाबु मोहन ओलीले फेरि प्रधानमन्त्री बन्न आशिर्वाद दिएका छन् ।  

तीनदिने भ्रमणका क्रममा गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीलाई बाबुले आशिर्वाद दिएका हुन् । 

‘केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ । मेरो आशीर्वाद पनि छ । प्रधानमन्त्री भएपछि अब ५ वर्षलाई हुन्छ । फागुनपछि हुने योग छ । एकदम राम्रो योग छ । सफल होस् मेरो शुभकामना छ,’ मोहन ओलीले अध्यक्ष ओली(छोरा) लाई आशिर्वाद दिँदै भने । 

आइतबार झापाको भद्रपुर–१ मा पुगेका ओलीले पारिवारिक सदस्यसँग पनि भेट गरेका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.