काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ।
आइतबार ८७७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १० हजार २०१ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ६ हजार ६१ पीसीआर तथा १ हजार ५६४ एन्टिजेन परीक्षण भएको छ।