खुल्यो सवारी चालक अनुमतिपत्रको आवेदन

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउने भएको छ ।

करिब ६ महिनापछि विभागले यही साताको शुक्रबारबाट सवारी लाइसेन्सको नयाँ आवदेन खुलाउने भएको हो । 

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार आवेदन कोटा सिस्टमअनुसार खुल्नेछ ।

विभागका प्रवक्ता लोकनाथ भुषालका अनुसार निश्चित कोटामा मात्रै आवेदन दिन पाइनेछ । भुषालकानुसार ट्रायल परीक्षाका लागि मंसिर पुससम्म पर्खिनु पर्ने छ । 

विभागकाअनुसार देशभरका २१ वटा यातायात कार्यालयबाट दैनिक पाँच हजारले मात्रै आवेदन दिन पाउने छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.