विवाद चर्किएपछि बिदामा बसेका न्यायाधीश सर्वोच्च फर्किए

काठमाडौं । न्यायालयमा विवाद चुलिँदै गएपछि बिदामा बसेका दुई न्यायाधीश सर्वोच्चमा  फर्किएका छन् । 

न्ययायधीशहरु कुमार चुडाल र नहकुल सुवेदी बिदा छोट्टाएर मंगलबारबाटअदालत फर्केका हुन् ।

न्यायाधीश चुडालले पनि आगामी बिहीबारसम्मको बिदा लिएका थिए । चुडाल मंगलबार सर्वोच्च फर्केका हुन् ।

सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायायाधीबीच खटपट भएपछि सर्वोच्चको सोमबारको इजलास र प्रधानन्याधीशले बोलाएको पूर्ण बैठक बस्न सकेको थिएन ।

सोमबार छुट्टै बैठक बसेका न्यायाधीशहरुले प्रधानन्यायाधीशले राजीनामा गरेर न्यायलयको साख जोगाउनु पर्ने निष्कर्ष निकालेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.