काठमाडौं । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएकै दिन पाण्डेले पाँच दलीय गठबन्धनको समर्थनमा ५९ सांसदको समर्थनमा प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेश गरेका हुन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले केही घन्टाअघि मात्रै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले बिहीबार तीन बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
एक सय ९ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।