मुख्यमन्त्री बन्ने पाण्डेको कार्यावधि कति ?

काठमाडाैँ । नेकपा एमालेसँग विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले गठबन्धनको समर्थनमा ५९ जना सांसदको समर्थनमा मुख्यमन्त्री पदमा दाबी गरेका छन् ।

तर, उनले मुख्यमन्त्रीमा दाबी पेश गरिरहँदा उनको आयु कति भनी लेखाजोखा हुन थालेको छ ।

राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरिरहँदा सहयात्री दल नेपाली कांग्रेसकाे अहिलेलाई बागमती प्रदेशको मुख्यमन्त्री पाण्डे नै हुन् । तर, आगामी दिनमा हिसाब किताब गर्दै जाउँला भन्ने अभिव्यक्ति आएसँगै पाण्डेको आयु कति भनी प्रश्न उठेको हो । 

दुई दलबीच बाँकी कार्यकाल आधा-आधा सरकारको नेतृत्वका लिने सहमतिबमोजिम नेपाली कांग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्रीका लागि खुट्टा उचालेर बसेका छन् ।

बुधबार मात्रै गठबन्धनमा आबद्ध कांग्रेसका सांसद बानियाँले तत्कालका लागि पाण्डे मुख्यमन्त्री भएको बताउँदै मुख्यमन्त्री बन्न आफू पनि लाइनमा बसेको संकेत गरे । 

११० सदस्यीय प्रदेश सभामा अहिले १०९ सांसद छन्। जसमा नेकपा (एमाले) का ४३, कांग्रेसका २२, माओवादीका २३, एकीकृत समाजवादीका १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन् ।विश्वासको मत नपाउने भएपछि बाग्मती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् ।

विश्वासको मत लिनका लागि बुधबार बसेको प्रदेशसभाको बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ (१) को (क) अनुसार राजीनामा दिएकी हुन् । 

पहिलो महिला प्रदेश प्रमुख शाक्यको कार्यकाल ७१ दिन मात्र रह्यो । उनी भाद्र २ मा संविधानको धारा १६८(१) अनुसार नै सर्वसम्मत मुख्यमन्त्री बनेकी थिइन् ।

पार्टीभित्रको विवाद मिलाउन तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै पदबाट राजीनामा दिएर शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए ।

शाक्य कसरी मुख्यमन्त्री बनेकी थिइन् ?

पहिलो : नेतृ शाक्यसहित १४ जनालाई मागिएको स्पष्टीकरण फिर्ता गर्ने ।

दोस्रो : माधव नेपाल पक्षका सांसद राजेन्द्र पाण्डेको नेतृत्वमा दुवै पक्षका नेता रहेको कार्यदल बनाउने, कार्यदलले दिने नीति तथा कार्यक्रम र बजेटसम्बन्धी सुझाव, सरकार र सदन सञ्चालनसम्बन्धी सुझावलाई कार्यान्वयन गर्न पौडेल तयार हुने ।

तेस्रो : सरकारको नीति तथा कार्यक्रम र बजेटमा एमाले एक ढिक्का भएर जाने र पारित गराउने ।

पौडेलको प्रस्तावमा शाक्य मुख्यमन्त्री भइन् । तर, पूरा कार्यकाल सम्हालन पाइनन् । शाक्य मुख्यमन्त्री बनेसँगै पार्टीलाई केही फाइदा भयो, तर व्यक्तिगत रुपमा शाक्यलाई फाइदा भएन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.