काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयका नेतृत्वले निकास दिनुपर्ने बताएका छन् ।
एक सातादेखि सर्वोच्च अदालतमा बेन्च बस्न नसकिरहेका बेला बिहीबार वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।
‘न्यायालयभित्रको विषय अब जनताको विषय बनेको छ । मन फाँटेकासँग बसेर न्यायालय अब कसरी चल्छ ? एउटा पूर्व, अर्को पश्चिमतिर फर्केर बस्ने अवस्थाको अन्त्य कसरी गर्ने ? ख्यालखाल गर्दा-गर्दै आज न्यायालय यो अवस्थामा आइपुग्नु दु:खद् छ ।' उनले भने ।
केही दिन अघि पौडेलले आफूहरुलाई प्रधानन्याधीशबारे चिन्ता रहेको बताउँदै प्रधानन्यायाधीशको बचाउ गर्ने संकेत गरेका थिए ।
यस्तो छ, न्यायालय विवादबारे कांग्रेस नेता पौडेल र माओवादी अध्यक्ष दाहालको धारणा