भारत, बेलायत र अमेरिकाका लागि राजदूत नियुक्त

काठमाडौं । सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूत नियुक्त गरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत भ्रमणको पूर्वसन्ध्यामा उल्लेखित देशका लागि राजदूत नियुक्त गरेका हुन् ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । 

राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन् भने शर्मा पूर्व अमेरिकी राजदूत हुन् । आचार्य परराष्ट्र सेवाबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका आचार्य राष्ट्रसघीय उपमहासचिव तहसम्म काम गरेर सेवा निवृत भएका थिए।

© 2021 Quicknepal.com  |  All Rights Reserved.