बाढीपहिरोमा बेपत्ता परिवारलाई सरकारले दुई लाख दिने

काठमाडौं । बाढीपहिरोमा बेपत्ता भएका परिवारलाई नेपाल सरकारले दुई लाख राहत दिने निर्णय गरेको छ । विहीवार बसेको मन्त्रिपरिषदुको बैठकले डुबान र विपद्मा बेपत्ता भएका व्यक्तिका पारिवारलाई प्रति व्यक्ति दुई लाख रुपैयाँ दरले राहत प्रदान गरिने निर्णय गरेको हो ।

एउटै परिवारमा एकजना भन्दा बढि बेपत्ता परिवार थप एक लाख राहत प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ । यस्तै सरकारले बाढीपहिरोमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई पनि दुई लाख प्रदान गर्ने निर्णय गरेको छ ।

एकभन्दा बढि ज्यान गुमाएका परिवारलाई एक जना बराबर थप एक लाख दरले राहत दिने निर्णय सरकारले गरेको हो । बाढीपहिरोमा परि पूर्व र पश्चिममा सयौंले ज्यान गुमाएका थिए । यस्तै दर्जनौं बेपत्ता भएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.